आइतबार, पुस ६, २०८२

मल्पी-लिलावती सिँचाइ कुलो पुनर्निर्माण

 |  मंगलबार, माघ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको पनौती नगरमा ११ किलोमिटर लामो मल्पी-लिलावती सिँचाइ आयोजनाको कुलोे पुनर्निर्माण गरिएका छन्। यसका लागि करिब तीन हजार स्थानीयले श्रमदान गरेका थिए। 

National life

कात्तिक दोस्रो सातादेखि पुनर्निर्माण थालिएको उक्त आयोजनाको कुलोमा आइतबार पानी परीक्षण समेत गरिएको छ। करिब तीन महिना गरिएको श्रमदानमा पनौती नगरको ४, ७ र ८ नं वडाका कृषक, महिला कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आमा समूह, विद्यार्थी, शिक्षकलगायत सहभागी थिए।

सरसफाइसहित पुनर्निर्माणको काम सकिएको पनौत-४ का वडाध्यक्ष दीपकप्रसाद दाहालले बताए। 'अब पनौतीको फाँटमा सिँचाइ गर्न सकिने भएको छ', उनले भने।

सिँचाइ कुलो पुनर्निर्माण गर्न बागमती प्रदेश सरकारबाट ५० लाख रूपैयाँ प्राप्त भएको उनले बताए। कुलो सफाइका लागि भने श्रमदान अभियानै सञ्चालन गरिएको थियो। आयोजनाको क्षतिग्रस्त २० प्रतिशत संरचना नयाँ निर्माण र ८० प्रतिशत क्षेत्रमा कुलोमा थुप्रिएको माटो निकालिएको वडाध्यक्ष दाहालले बताए।

बाढीपहिरोले सिँचाइ आयोजनाको अधिकांश भागमा क्षति पुगेको थियो। जनश्रमदान अभियानबाट कुलो पुनर्निर्माण थालिएको करिब तीन हप्तापछि मल्पीस्थित १ नं गेटसम्म कुलो मर्मत गरी सञ्चालनमा ल्याइएको थियो।

Laxmi sunrise bank
kumari

उक्त आयोजनाको पुनर्निर्माण सकिएपछि हाल पनौतीको करिब १० हजार रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। रासस

प्रकाशित: Feb 04, 2025| 17:31 मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्