सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंक कर्मचारी संगठनद्वारा गरिने व्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

कृषि विकास बैंक कर्मचारी संगठनद्वारा गरिने व्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

 |  आइतबार, माघ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

काठमाडौ- कृषि विकास बैंकको ५८ औं बार्षिक उत्सवको अवसरमा माघ २१ गते सोमबारबाट कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, केन्द्रीय समितिको आयोजनामा हुन लागेको व्याडमिन्टन प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको छ। 

National life

केन्द्रीय समितिले बैंकमा आइतबार एक कार्यक्रम आयोजना गरेर व्याडमिन्टन प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो। २१ गते देखि २३ गते सम्म चन्द्रागिरी नपा-७ को माहांकाल ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगीतामा केन्द्र, उपत्यका र सात वटै प्रदेशको गरि १ सय ३० बढि महिला र पुरुष खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ। 

ब्याडमिन्टन प्रतियोगीता मैत्रीपुर्ण र प्रतिस्पर्धात्मक गरेर २ प्रकारले हुने भएको छ। उद्घाटन शत्रमा कृषि विकास बैंकका सम्पुर्ण संघसंगठनका पदाधिकारी, कृयासिल, भुपु सिनियर देखि जुनियर कर्मचारी सम्मको मैत्रीपुर्ण ब्याडमिन्टन खेल हुनेछ। त्यसपछि सातवटै प्रदेशका सहभागी खेलाडीहरुको खेलका साथै विभिन्न संघसंस्थाहरुबीच कर्पोरेट स्तरीय प्रतियोगीता हुने छ। प्रतियोगीतामा सहभागी भई विजेता हुने समुहलाई ट्रफीका साथै मेडल तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।

कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणी घिमिरेले सधै काममा ब्यस्त रहने कर्मचारीहरुको खेलले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत पुग्ने बताउँदै बैंकको बृद्धि विकासमा पनि टेवा पुग्ने उल्लेख गरे। उक्त कर्मचारी संगठनले २०७२ साल देखि निरन्तर रुपमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ।

व्याडमिन्टन प्रतियोगीताको उद्घाटन कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रेम प्रसाद खनालले संयुक्त रुपमा गर्ने कार्यक्रम छ।

Shivam cement

प्रकाशित: Feb 02, 2025| 19:06 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्