काठमाडौं- विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ। चालू आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष १९.५ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० थियो।