आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘के थ्री’ ब्याट्री क्षमता बढाएर टाटा नेक्सन नेपाली बजारमा

‘के थ्री’ ब्याट्री क्षमता बढाएर टाटा नेक्सन नेपाली बजारमा

 |  आइतबार, माघ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

टाटा नेक्सन ‘के थ्री’ ब्याट्री क्षमता बढाएर नेपालमा ल्याइएको छ। आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले वास्तविक रेन्ज बढाएर काठमाडौंमा ल्याएको हो।

National life

३० किलोवाट आवर ब्याट्रीबाट आफ्नो उत्पादन बजारमा ल्याएको नेक्सनले ४५ किलोवाट आवर क्षमतामा पुर्‍याएको छ। सुरुमा सार्वजनिक गरिएको गाडीले २४० देखि २६० किमिसम्म रेन्ज दिने गरेकोमा अहिले कम्तीमा ३२५ दिने सिप्रदीले जनाएको छ।

नेपाली बजारमा ठूलो ब्याट्री रेन्जका गाडी भित्रिएसँगै कम्पनीले प्रतिस्पर्धा गर्नका लागि ब्याट्रीको क्षमता र नयाँ फिचर्स थपेर नेपालमा ल्याएको छ। सिप्रदी ट्रेडिङले आइतबारबाट गाडीको बुकिङ खुल्ला गरेको छ। ९८ किलोवाट मोटर ब्याट्री भएको गाडीमा ४५ किलोवाट आवरको ब्याट्री रहेको छ।

२०७८ साउनमा पहिलो पटक काठमाडौंमा सार्वजनिक गरिएको थियो। नेपाली सडकमा सबैभन्दा बढी कुन्दे एसयूभीमा नेक्सन ईभी पर्छ। नयाँ ल्याइएको गाडीमा ३ वटा ड्राइभिङ मोडहरु छन्। हाल ४९ लाख ९९ हजारमा बुकिङ गरिरहेको गाडी फेब्रुअरी अन्तिमबाट डेलिभरी दिने कम्पनीको तयारी छ।

नयाँ नेक्सन ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरासहित नेपालमा सार्वजनिक भएको छ। गाडीमा ४ तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम राखिएको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ। बुट स्पेर ३५० लिटर छ। भारत एनक्याप सुरक्षा रेटिङमा ५ स्टार पाएको छ।

Laxmi sunrise bank
kumari

कम्पनीका अनुसार नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी  सुविधाहरूले  सम्पन्न रहेको छ।​

नेक्सन केथ्री ईभीको शुरूआती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ। साथै, शुरूआती अफरमा ग्राहकहरूलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स बीचको सहकार्यमा पहिलोपटक विद्धुतीय गाडी  नेक्सन ईभी प्राइम २०२१ मा नेपालमा बिक्री/वितरण शुरू गरिएको थियो। यसलाई नेपाली  ग्राहकहरूले अत्यधिक रूपमा मनपराई दिए।

ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको ईभी इको सिस्टममा लगानी गर्‍यौं। अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो ईभी इको सिस्टम, जसमा १८५  भन्दा बढी चार्जिङ स्टेसन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। र आजबाट बुकिङ शुरू भएको नेक्सन केथ्री ईभीको बिक्रिसँगै, बिक्रीपश्चातको सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं।’

 

प्रकाशित: Feb 02, 2025| 16:02 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्