आइतबार, पुस ६, २०८२

रास्वपाको अवरोधका बीच सभामुखले चलाए संसद् बैठक

 |  शुक्रबार, माघ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

रास्वपाको अवरोधका बीच सभामुख देवराज घिमिरले संसद् बैठक सञ्चालन गरेका छन्।

National life

विशेष समयको माग गरेका रास्वपाका सांसदहरुलाई सभामुख घिमिरेले बारम्बार आशन ग्रहण गर्न आग्रह गरे। तर, उनीहरू बसेनन्।

यसपछि सभामुख घिमिरे अगाडि बढेका हुन्। संसद्को हिउँदे अधिवेशन आजमात्रै सुरु भएको हो। सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त पत्र पढेर सुनाएर बैठक अघि बढाएका छन्।

बैठकका कारबाही अघि बढेपछि रास्वपाका सांसदहरु बहिष्कार गरी निस्किएका छन्।


रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद् बैठक बहिष्कार गरेर बाहिरिएका छन्।

Laxmi sunrise bank
kumari

लामो समयसम्म पनि उभिएरै उनीहरुले विरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिष्कार गरेर बाहिरिएका हुन्।

हिउँदे अधिवेशन आज नै हिउँदे अधिवेशन सुरु भएको हो।

पहिलो बैठकमा नै रास्वपाले अवरोध गरेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भनी पटक पटक अनुरोध गरे पनि रास्वपाले पहिले बोल्न पाउनुपर्ने भन्दै अवरोध गरेका हुन्।

आजै रास्वपाका सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए। लामिछाने रास्वपाका १५ सांसद लिएर सभामुख घिमिरेलाई भेट्न पुगेका थिए। उनीहरूले आजकै बैठकबाट लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न अनुरोध गरेका थिए।

अधिवेशनको पहिलो दिन सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ बैठकमा पेस हुने जनाइएको छ।

प्रकाशित: Jan 31, 2025| 13:37 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्