आइतबार, चैत ८, २०८२

संसद् अधिवेशनको पहिलो बैठकमै रास्वपाको अवरोध

 |  शुक्रबार, माघ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

संघीय संसद् प्रतिनिधि सभाको बैठक सुरु भएको छ। हिउँदे आज नै हिउँदे अधिवेशन सुरु भएको हो।

National life

पहिलो बैठकमा नै रास्वपाले अवरोध गरेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै रास्वपाका सांसदहरुले उठेर विरोध गरेका छन्।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भनी पटक पटक अनुरोध गरे पनि रास्वपाले पहिले बोल्न पाउनुपर्ने भन्दै अवरोध गरेको छ।

आजै रास्वपाका सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए। लामिछाने रास्वपाका १५ सांसद लिएर सभामुख घिमिरेलाई भेट्न पुगेका थिए। उनीहरूले आजकै बैठकबाट लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न अनुरोध गरेका थिए।

आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ। त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ।

Laxmi sunrise bank
kumari

अधिवेशनको पहिलो दिन सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ बैठकमा पेस हुने जनाइएको छ।

प्रकाशित: Jan 31, 2025| 13:14 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्