मंगलबार, वैशाख ९, २०८२

‘दीपल ई-०७’ नेपाली बजारमा, यस्ता छन् विशेषता

 |  बुधबार, माघ १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १६, २०८१

vianetvianet

काठमाडौं- नेपाली बजारमा दीपलको नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि दीपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ‘ई-०७’ मोडलको लक्जरी ईभी सार्वजनिक गरेको हो।

triton college

यो गाडीमा आरामदायी यात्राका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्। एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको ईभी बजारमा यसले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

नेपाली बजारमा यो गाडी प्लस र पर्फमेन्स एडब्लूडी भेरियन्टमा सार्वजनिक भएको छ। ५,०४५ एमएम लम्बाइ, १,९९६ एमएम चौडाइ र १,६८० एमएम उचाइको भएको गाडीमा ३,१२० एमएमको ह्विलबेस, २१ इन्चको एलोय ह्विल र एलईडी हेडलाइट्स राखिएको छ।

यसको ग्राउन्ड क्लियरेन्स भने १८३ एमएम रहेको छ। गाडीमा इलेक्ट्रिक हिडन डोर ह्यान्डल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल साइड मिरर र रेन सेन्सर समावेश गरिएको छ। यसको भित्री भागमा पाँच जना अट्ने सिट छन्। यी सिटलाई आठ तरिकाले समायोजन गर्न सकिन्छ। यसमा पार्टिसन प्यानल र इलेक्ट्रिक पार्टिसन ग्लास पनि छ। यसको स्टेरिङ ह्विल ४ तरिकाले समायोजन गर्न मिल्ने कम्पनीले उल्लेख गरेको छ।

गाडीमा अटो डिमिङ रियरभ्यू मिरर र टच टाइप क्याबिन लाइट पनि छ। प्राविधिक पक्षमा यसमा अगाडि एसिन्क्रोनस र पछाडि पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर छ।

National life insurance

प्लस भेरियन्टमा २५२ किलोवाट (३४२ पीएस) को पावर र एडब्लूडी भेरियन्टमा ४४० किलोवाट (५९८ पीएस) को मोटर रहेको छ। प्लस भेरियन्टले ३६० न्युटनमिटर र एडब्लूडी भेरियन्टले ६४५ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ। दुवै भेरियन्टमा ८९.९८ किलोवाट आवरको ब्याट्री रहेको छ।

प्लस भेरियन्टले एक पटकको चार्जमा ६४० किलोमिटर र एडब्लूडीले ५९० किलोमिटर एनईडीसी रेन्ज दिने दाबी गरिएको छ। प्लस भेरियन्टले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड ६.७ सेकेन्डमा पकड्न सक्छ भने एडब्लूडी भेरियन्टले ३.९६ सेकेन्डमा उक्त गति पकड्न सक्ने कम्पनीले उल्लेख गरेको छ। प्लस भेरियन्टको अधिकतम गति २०१ किमी प्रतिघण्टा रहेको छ भने एडब्लूडी भेरियन्टको अधिकतम गति २१० किलोमिटर प्रतिघण्टा रहेको छ। यसले १५ किलोवाटको एसी चार्जिङ र २४० किलोवाटको डीसी चार्जिङ सपोर्ट गर्दछ।

सुरक्षाका लागि यसमा अगाडि, छेउमा एयरब्यागहरू छन्। साथै एबीएस, ईबीडी, ईएसपी र अन्य ब्रेकिङ र स्टेबिलिटी सिस्टम छन्। यसमा १८ ओटा अल्ट्रासोनिक सेन्सर, पारदर्शी चेसिसको साथ वरिपरि देखाउने क्यामेरा, र चालकको थकान निगरानी प्रणाली पनि छ। यसमा १५.४ इन्चको टचस्क्रिन डिस्प्ले, अनलाइन इन्टरटेनमेन्ट, नेभिगेसन, स्मार्टफोन कनेक्सन, ५० वाटको वायरलेस चार्जर, हेड-अप डिस्प्ले, भ्वाइस कन्ट्रोल, ओभर द एयर अपडेट, एनएफसी कार्ड की, डिजिटल की र रिमोट कन्ट्रोलजस्ता सुविधा छन्।

ड्राइभिङ असिस्टेन्समा, अटो पार्किङ असिस्ट, रिमोट पार्किङ असिस्ट, एडप्टिभ क्रूज कन्ट्रोल, लेन किपिङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरू छन्। यसको इन्टेरियरमा सिन्थेटिक छाला, २२६ रङ्गको एम्बियन्ट लाइट, यूएसबी पोर्ट, १२ भोल्ट पावर आउटलेट र २२० भोल्ट पावर आउटलेट पनि छ।

प्लस भेरियन्टको मूल्य ९९ लाख ९९ हजार रुपैयाँ रहेको छ। त्यस्तै एडब्लूडी भेरियन्टको एक करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: Jan 29, 2025| 15:41 बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्