आइतबार, असोज १८, २०८३

सुनको भाउ १४ सय बढ्यो

 |  बुधबार, माघ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ १६, २०८१

काठमाडौं- नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
 

प्रकाशित: Jan 29, 2025| 12:16 बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्