शुक्रबार, जेठ २२, २०८३

भ्यालेन्टाइन सिजनमा सामसङका मोबाइलको मूल्य घट्यो

 |  मंगलबार, माघ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

काठमाडौं- सामसङ नेपालले २०२५ को भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजमा विशेष अफर ल्याएको छ। 

National life

सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल तथा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोन खरिदमा अफर ल्याएको हो।

आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफरमार्फत अझ सुलभ मूल्यमा बजारमा ग्यालेक्सी एस २४ अल्ट्र र जी सिरिजमा ‘प्राइस् ड्रप’ अफर ल्याएको हो।

यो वर्षको भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२÷२५६ जीबी) आफ्नो प्रियजनहरूलाई गिफ्टको रूपमा खरिद गर्न चाहने ग्राहकले सो खरिदमा २५ हजार रुपैयाँसम्मको बचत गर्न सक्नेछन्।

यस प्राइस ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा पाँच हजार ४९९ रुपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा पाँच हजार ४९९ रुपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरूले निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

Shivam cement

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने बताइएको छ। यो प्रक्रियालाई सहज बनाउनका लागि प्रमाणपत्रको रूपमा नागरिकता आवश्यक पर्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: Jan 28, 2025| 19:12 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्