शुक्रबार, जेठ २२, २०८३

ग्रामीण कृषिः 'लिफ्ट' सिँचाइले फेरियो मेटेराको मुहार

 |  सोमबार, माघ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ १४, २०८१

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका- १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानी गर्छन्। उनले तोरी, चना, केराउ खेतीबाट राम्रै आम्दानी गरेका छन्। लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन्।

National life

'पहिले ९ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ। लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो', उनले भने। उनले ५ बिघामा तोरी र बाँकी भूमिमा  केराउ तथा चनाखेती गरेका छन्। उनी बेमौसमी सागसब्जी लगाउने योजनामा पनि छन्।

कृषि उपज बेचेर बितेको याममा आफूले पाँच लाख बचत गरेको उनले बताए। उहाँ कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रूपमा पनि मटेरामा परिचित छन्।

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ। साजसब्जी फलाउने गाउँका रूपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ। यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रूपमा आफू आत्मनिर्भर भएको बताइन्। उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोपेकी छन्।

मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन्। एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो। लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण  गरी व्यावसायिक रूपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ।

Shivam cement

प्रकाशित: Jan 27, 2025| 10:01 सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्