मंगलबार, वैशाख १५, २०८३

हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशु मरे

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

हुम्ला- एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा बढी पशु मरेका छन्। गाउँपालिका– ६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशु मरेका हुन्।

National life

अचानक पशुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, १५ वटा गाई तथा १४ वटा गोरु मरेको स्थानीय हरिबहादुर शाहीले जानकारी दिए।

यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशु मरेपछि ठूलो क्षति पुगेको छ।

अधिकांश पशु जङ्गलतिर खर्क रहेकाले अन्य पशुबारे यकिन विवरण आउन बाँकी छ। खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन्। अज्ञात रोगको महामारीका कारण पशु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशु अझै बिरामी परेका स्थानीयले जनाएका छन्। गाउँपालिकाको पशु शाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे।

kumari

यहाँ हिउँदका लागि पशुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लैजाने प्रचलन छ। (रासस)

प्रकाशित: Jul 31, 2025| 12:01 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्