आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ठाडी भन्सारमा 'प्लान्ट क्वारेन्टिन' नहुँदा राजस्व संकलन प्रभावित

ठाडी भन्सारमा 'प्लान्ट क्वारेन्टिन' नहुँदा राजस्व संकलन प्रभावित

 |  सोमबार, माघ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ १४, २०८१

सिरहा- ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित भएको छ। यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

National life

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा ठाडी भन्सार कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा उनले सिरहाका तीनवटै भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व संकलन प्रभावित भएको बताए। 

मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले नेपाल-भारत सहज व्यापारका लागि उपयुक्त नीति कानुनको आवश्यकता रहेको बताए। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा प्लान्ट क्वारेन्टिनको सुविधा नहुँदा समस्या भएको बताए। 

ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकले खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा खाद्य सामग्रीको भन्सार जाँच पास ठप्प भई राजस्व संकलन प्रभावित भएको गुनासो गरे। 

ठाडी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु. चार करोड २३ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा पुस समन्तसम्ममा लक्ष्यको ८४ प्रतिशत मात्र संकलन भएको जनाएको छ। प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै आएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 27, 2025| 08:01 सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्