आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी साह नियुक्त

यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी साह नियुक्त

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं- नेपालको खाद्य बजारमा दरिलो उपस्थिति जनाउन सफल खाद्य पदार्थ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जीपी साहलाई नियुक्त गरेको छ।

National life

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा यशोदा फुड्सले साहलाई ग्लोबल कार्यकारी निर्देशक नियुक्त गरेको घोषणा गरेको हो। कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले साहलाई खादा र फूलको गुच्छासहित ग्लोबल कार्यकारी निर्देशकका रूपमा स्वागत गरे।

ग्लोबल कार्यकारी निर्देशकमा साहको नियुक्तिले यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्याय सुरुवात भएको कम्पनीको भनाइ छ। उनको लामो अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्ने यशोदा फुड्सले जनाएको छ।

साहले ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा नवीनतम योजनाहरू नेतृत्व गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ। रेभिन्यूमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको भ्यालु एडिसनका लागि प्रमाणित ट्र्याक रेकर्डका लागि शाह परिचित रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यशोदा फुड्सका अनुसार रेभिन्युमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको मूल्य अभिवृद्धिका लागि साहको प्रमाणित ट्रयाक रेकर्ड छ। त्यस्तै प्रडक्सन, इन्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेसन, प्रोजेक्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्री, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशमा मार्केटिङ तथा एडभरटाइजिङ लगायतमा पनि उनको अनुभव छ।

Laxmi sunrise bank
kumari

साहले कन्जुमर गुड्स ब्रान्ड चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसला, इन्स्ट्यान्ट पास्ता, सिगरेट, फलफूलजन्य पेय पदार्थ, इनर्जी ड्रिंक्स तथा बियर उत्पादनमा काम गरेका छन्।

यशोदा फुड्समा प्रवेश गर्नुअघि साहले भारत कोलकातास्थित स्न्याक्स, खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी अन्नपूर्ण स्वादिष्टमा एडिसनल डाइरेक्टर तथा ज्वाइन्ड म्यानेजिङ डाइरेक्टर भएर काम गरेका थिए।

त्यसअघि साहले चौधरी ग्रुप (सीजी) को एफएमसीजी डिभिजनको ग्लोबल सीईओ भएर काम गरेका थिए। उनी सन् २०२३ जुनमा सीजीबाट बाहिरिएका थिए।

‘यशोदा फुड्ससँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरा लागि ठूलो सम्मान तथा गौरवको विषय हो,’ साहले भने, ‘गुणस्तर र नवप्रवद्र्धनका विषयमा सदैव अग्रणी रहँदै आएको यो कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा निकै उत्साहित छु।’

यशोदा फुड्ले करेन्ट ब्रान्डमा चाउचाउ, चिजबल, स्टिक्स, पोट्याटो क्र्याकर, अनियन रिङ्स, कोदो०, रोस्टेड मखना, चिप्स, नमकिन लगायत उत्पादन गर्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा कम्पनीको वार्षिक टर्नओभर एक सय करोड रुपैयाँभन्दा माथि रहेको पनि कम्पनीले बताएको छ । भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापोर, न्युजिल्यान्डलगायत १५ भन्दा बढी देशमा कम्पनीले आफ्ना उत्पादन निर्यात गर्ने गरेको जनाएको छ।

 

प्रकाशित: Jan 26, 2025| 16:53 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्