आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्जबाट दुई खर्बको सामान आयात, निर्यात २९ अर्बको मात्रै

वीरगञ्जबाट दुई खर्बको सामान आयात, निर्यात २९ अर्बको मात्रै

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

पर्सा- वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार रूपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। आव २०८०/८१ को ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा  निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रूपैयाँ रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

National life

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको ६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकी मुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए। 'गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,' उनले भने, 'अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोबर भएको हो।'

गत आवको ६ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार रूपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो। कार्यालयले चालु आवको ६ महिनामा वस्तु तथा सामान निर्यात गरेबापत १७ करोड ६६ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।
 
गत आवको सोही अवधिमा निर्यात गरेबापत भने १० करोड तीन लाख ८१ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन्।

वीरगञ्ज नाका हुँदै चालु आवको ६ महिनामा दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार रूपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो। त्यसैगरी, गत आवको ६ महिनाकै अवधिमा भने दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार रूपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि ६ दशमलव ४५ प्रतिशतले बढेको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 26, 2025| 20:01 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्