शुक्रबार, जेठ २२, २०८३

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं- सामसङ कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक गरेको छ।  ग्यालेक्सी एस शृङ्खलामा यो स्मार्टफोन अहिलेसम्मकै शक्तिशाली प्रोसेसर भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

National life

बुधवार सार्वजनिक बहुप्रतिक्षित एस २५ सिरिजमा धेरै नयाँ विशेषताहरू छन् भने डिजाइनमा पनि धेरै परिवर्तनहरू गरिएको देख्न सकिन्छ।

ग्यालेक्सी एस २५ अल्ट्रामा नयाँ ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा थपिएको छ भने २०० मेगापिक्सेलको मुख्य क्यामेरा तथा ५० मेगापिक्सेलको फाइभ एक्स टेलिफोटो रहेको छ।

यस्तै १० मेगापिक्सेलको थ्री एक्स जुम र १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा टाइटेनियम सिल्भरब्लू, टाइटेनियम ब्ल्याक, टाइटेनियम ह्वाइटसिल्भर र टाइटेनियम ग्रे रङमा उपलब्ध छ।  १२/२५६ जीबी, १२/५१२ जीबी र १२ जीबी/१ टीबी कन्फिगरेसनमा उपलब्ध हुने यसको सुरुवाती मूल्य १२९९ डलर तोकिएको छ।

यो फोन ग्यालेक्सी एस २४ अल्ट्राभन्दा पातलो  र हल्का रहेको बताइएको छ।  यसमा टाइटेनियम फ्रेम प्रयोग गरिएको छ भने नयाँ कोर्निङ गोरिल्ला आर्मर टु ग्लास प्रयोग गरिएको छ, जुन अघिल्लो पुस्ताको भन्दा टिकाउ र चम्किलो छ।

Shivam cement

यस्तै फोनमा धेरै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरू फोकस गरिएको छ।  यस्तै यसमा कल ट्रान्सक्रिप्ट र सारांश, राइटिङ असिस्टेन्ट र जेनेरेटिभ एडिट जस्ता फिचर पनि छन्। ग्यालेक्सी एस२५ सिरिज चाँडै नै नेपाल बजारमा प्रि–अर्डरको लागि उपलब्ध हुने जनाइएको छ।

 

प्रकाशित: Jan 26, 2025| 13:05 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्