आइतबार, पुस ६, २०८२

९९ किलोवाट पावरमा 'केई एक्स-३ प्रो' इभी नेपाली बजारमा

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं- केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इ-मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा 'केई एक्स-३ प्रो' इभी नेपालमा उपलब्ध गराएको छ।

National life

अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स-३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रूपैयाँ तोकिएको छ। कम्प्याक्ट एसयुभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयुभी हुने कम्पनीको भनाइ छ। यो अफर केही अवधिको लागि मात्र लागु हुने बताइएको छ।

एक्स-३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो। यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सिएटिएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ।

यसले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ। यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ। त्यसैगरी डिसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

यसको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको विलबेस २६३२ एमएम छ। यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ।

Laxmi sunrise bank
kumari

केई एक्स-३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ। यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स-३ प्रो इभी उपलब्ध हुनेछ। केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा,भरतपुर, हेटौडा, दमक र विर्तामोडमा स्थित नौ वटा साेरूम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Jan 26, 2025| 13:04 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्