आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • फोटोन माउन्टेन ईभी र टीएम१ मा अवसरको उत्साह, थोरै डाउन पेमेन्टमा आकर्षक अफर

फोटोन माउन्टेन ईभी र टीएम१ मा अवसरको उत्साह, थोरै डाउन पेमेन्टमा आकर्षक अफर

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं - नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले फोटोन माउन्टेन ईभी र टीएम१ मोडल किन्ने ग्राहकका लागि फोटोन अवसरको उत्साह नामक आकर्षक स्किम ल्याएको छ।

National life

सो स्किम अनुसार यी दुई ईभी किन्ने ग्राहकले ८० प्रतिशत सम्म फाइनान्स सुविधा प्राप्त गर्नेछन्। माउन्टेन ईभी किन्ने ग्राहकले ९ लाख ९९ हजार र टीएम१ किन्ने ग्राहकले ५ लाख ९९ हजार रुपैयाँ सम्म शुरुमा तिरेर अर्थात डाउन पेमेन्ट गरेर ती ईभीलाई आफ्नो बनाउन सक्ने छन्।

सो स्किमलाई अझै आकर्षक बनाउनका लागि एक वर्षको निःशुल्क इन्स्योरेन्स र आर्थिक वर्ष २०८१/८२ को सडक कर समेत कम्पनीले नै तिरिदिने सुविधा उपलब्ध हुनेछ। होम चार्जिङ सुविधालाई सहज बनाउनका लागि ७ किलोवाटको चार्जर समेत उपलब्ध गराइने छ।

यसैगरी स्किम अन्तर्गत फ्रि एसेसरिज र टप अप बेस्ट भ्यालुएसन बोनस समेत उपलब्ध हुनेछ। नेपाली ग्राहकको पहुँचमा इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताउदै एमएडब्लु वृद्धिले यो अफर आगामी माघ मसान्त सम्म हुने बताएको छ।

देशभर रहेका एमएडब्लु वृद्धिका डिलरसिपमार्फत सो स्किमको वारेमा बुझ्न र सवारी साधन समेत खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 26, 2025| 13:04 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्