बिहीबार, माघ ३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • रत्नेचौरमा बढ्दै पर्यटक, मौलिक पोसाक भाडामा लगाएर कमाउँछन् स्थानीय

Siddartha premir insuranceSiddartha premir insurance

रत्नेचौरमा बढ्दै पर्यटक, मौलिक पोसाक भाडामा लगाएर कमाउँछन् स्थानीय

 |  बिहीबार, माघ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ३, २०८१

ntc landingntc landing

म्याग्दी- यहाँको बेनी नगरपालिका-१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन्।

himalayan bank box

अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन्। पर्यटकलाई जातजातीको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन्। 

स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत दुईसय रूपैयाँदेखि तीनसय ५० रूपैयाँसम्म लिने गरेको बताए। 'मसँग १५ जोर मगर ड्रेस छन्,' उनले भने, 'दिनमा १० देखि १५ जनाले भाडामा लैजानु हुन्छ।'

रेष्टुरेन्ट सञ्चालकसमेत रहेका उनले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन्। एउटा तस्बिर खिचेबापत २० रूपैयाँ लिने गरेको उनले बताए।

रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टुरेन्ट तथा पसलहरुले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन्। आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ।

बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन्।

केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ। कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ।

कात्तिक-मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस-माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भीड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए।

यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए। उत्तरतिर सेता हिमशृङ्खला। पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन्।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीनसय ८८ मिटर लामो झोलुंगे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो। रासस

प्रकाशित: Jan 16, 2025| 20:01 बिहीबार, माघ ३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्