शनिबार, वैशाख १३, २०८२

गीतले गर्दा पनि चल्छन् फिल्म

 |  शुक्रबार, पुस १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

vianetvianet

काठमाडौँ- नेपाली चलचित्र सफल हुनुको महत्वपूर्ण कारण गीतसङ्गीत पनि मानिन्छ। राम्रो गीतले दर्शकलाई चलचित्र भवनसम्म ल्याउँछ भन्नेहरु पनि छन्। त्यति मात्रै होइन, चलचित्रको प्रचारप्रसारकै लागि पनि गीत प्रभावकारी मानिन्छन्। 
    
पछिल्लो समय भिडियो शेयरिङ साइट टिकटक र फेसबुकको रिल्स गीत दर्शकसम्म पुर्याउने र चलचित्रको प्रचारप्रसारका लागि गतिलो माध्यम बनेका छन्। 

triton college

‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्रलाई सफल बनाउन गीतसङ्गीतको भूमिका महत्वपूर्ण मानिन्छ। यस वर्ष मात्र सफल भएका चलचित्रहरू ‘बोक्सीको घर’ मा समावेश ‘बुझिनँ मैले’, ‘पूर्णबहादुरको सारङ्गी’ मा समावेश ‘काँधेकुरी’ गीतलाई  प्रचारप्रसारको सशक्त माध्यम मानियो। यद्यपि केही समययता गीतसङ्गीतमा उल्लेख्य लगानी भएको पाइँदैन। 

गीतसङ्गीतमा गरिने लगानी अझै बढ्नुपर्ने सङ्गीतकार अर्जुन पोखरेलको बुझाइ छ। उनले भने, “चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ। किनकि यो सुन्नेसँगै हेर्न पनि आकर्षक हुनुपर्छ। गीत अनुसारको दृश्य हुनु जरुरी छ।”

nepali_film_kalakar-1712902822.jpg
निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बताए। उनले नेपालसँगै भारतीय चलचित्रलाई प्रचार गरिदिने बलियो माध्यम गीतसङ्गीत रहेकामा जोड दिए। 

“चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ। किनकि यसले पहिलो प्रभाव पार्छ। त्यसपछि अन्य ट्रेलरलगायत सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने।

National life insurance

उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’को गीतका लागि होलीको माहोल सिर्जना गरेका थिए। उक्त गीतले नै दर्शकसम्म चलचित्रबारे पहिलो जानकारी पुर्याउन सफल भएको उनको विश्वास छ। 

निर्देशक अनिल योञ्जन आफ्ना चलचित्रमा कथा सुहाउँदो गीतसङ्गीत चयन गर्छन्। आउँदो एक चलचित्रका लागि उहाँले गीतसङ्गीत निर्माणमा निकै मेहनत गरिरहेका छन्। उनले दर्शकसम्म आफ्नो चलचित्रका बारेमा गीतले नै जानकारी गराउनाका साथै प्रचार गरिदिने बताए।

“कथाअनुसार नै गीतको प्रयोग चलचित्रमा हुन्छ। यद्यपि गीत राम्रो छ भने प्रचारका लागि मात्र पनि प्रयोग गर्न सकिन्छ। केही आफ्नै र केही बजारले निर्देशित गरेका गीतसङ्गीतलाई समेटेर चलचित्र तयार गर्ने सोच मेरो छ”, निर्देशक योञ्जनले भने।
 

प्रकाशित: Dec 27, 2024| 20:33 शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्