बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • एनटिभी र रेडियो नेपाल मिलेर बनेको संस्थामा पहिलो अध्यक्ष बने विष्ट

एनटिभी र रेडियो नेपाल मिलेर बनेको संस्थामा पहिलो अध्यक्ष बने विष्ट

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१
National life
Shivam cement

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले डा विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा विष्ट यसअघि  नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए।

नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा विष्ट नियुक्ति भएका हुन्।-

प्रकाशित: Dec 16, 2024| 20:38 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्