आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चीनमा मासु निर्यात सहज बनाउन खोरेत नियन्त्रणको अभियानमा छौं- महानिर्देशक दाहाल

चीनमा मासु निर्यात सहज बनाउन खोरेत नियन्त्रणको अभियानमा छौं- महानिर्देशक दाहाल

 |  सोमबार, पुस १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

vianetvianet

काठमाडौँ-  पशु विभागका महानिर्देशक उमेश दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भैँसीको मासु निर्यात गर्ने सम्झौता भएकोमा धन्यवाद व्यक्त गरेका छन्। 

प्रधानमन्त्री ओलीको चीनको भ्रमणका क्रममा नेपालबाट प्रशोधित राँगा भैँसीको मासु निर्यात सम्बन्धी सम्झौता भएको र सोही सम्झौता बमोजिमको बृहत् परियोजना कार्यान्वयन घोषणा कार्यक्रममा बोल्दै सोमबार दाहालले प्रधानमन्त्री ओलीलाई धन्यवाद धन्यवाद दिएका हुन्। 

उनले नेपालले दूध, दुग्धजन्य पदार्थ र मासुमा आत्मनिर्भरता हासिल गर्दै, निर्यातको सुरुवात गरिएको बताउँदै मासु निर्यातको सम्झौता गरेकोमा खुसी व्यक्त गरे। महानिर्देशक दाहालले नेपालबाट चीनमा ३ अर्ब रुपैयाँ बराबरको छुर्पी र १२० मेट्रिक टन मासु निर्यात भइरहेको समेत जानकारी दिए। उनले भने, ‘नेपालले भैँसी पालनमा आत्मनिर्भरता हासिल गरेको छ, तर गाईभैँसीमा लाग्ने खोरेत रोग निर्यातका लागि प्रमुख बाधक बनेको छ।’

उनले खोरेत रोगको सङ्क्रमण नियन्त्रणका लागि ७० प्रतिशत गाई भैंसीलाई खोप लगाइसकिएको र बाँकी खोप लगाउने प्रक्रिया जारी रहेको बताए। यस वर्षदेखि भैँसी पालनमा वृद्धि गर्ने उद्देश्यले ३० पालिकामा विशेष कार्यक्रम सुरु गरेको पनि उनले बताए।

मुलुकलाई खोरेत रोग मुक्त गर्नका लागि पशु विभाग सक्रिय रहेको र यो रोगको निर्मूलनको अभियानमा जोड दिइएको समेत उनले बताए। उनका अनुसार २–३ वर्षभित्र नेपाललाई खोरेत रोगमुक्त मुलुक घोषणा गर्ने लक्ष्य राखिएको छ।  

प्रकाशित: Dec 16, 2024| 18:46 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्