बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

गण्डकी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ।

National life

जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।

सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौंबाट प्रक्राउ गरी उनलाई पोखरा ल्याइएका थियो । उनी अहिले पनि कास्की प्रहरीको हिरासतमा छन्।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा प्रहरीले रविसहित ५१ जनामाथि पनि मुद्दा चलाउन राय दिएको छ। सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ।

लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको हो। यीमध्ये कतिपयविरूद्ध पहिल्यै अदालतमा मुद्दा गएर धरौटी वा कारागारमा छन् भने कतिपय फरार छन्।

Laxmi sunrise bank
kumari

प्रहरीले प्रतिवेदन बुझाएसँगै अब केही दिनमै सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नु पर्नेछ।

लामिछानेविरूद्ध चितवन, रूपन्देही, पर्सा र काठमाडौंमा पनि अनुसन्धान जारी छ। चितवनमा सहारा सहकारी, रूपन्देहीको सुप्रिम सहकारी, पर्साको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा उनीहरूविरूद्ध अनुसन्धान भइरहेको छ।

यी सहकारीबाट गोर्खा मिडिया प्रालि र नेचर्स हर्ब्स लगायतमा ऋण गएको र ती रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

सहकारी ठगीबारे संसदीय विशेष छानबिन समितिले लामिछानेसहित विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सुझाव दिएको थियो। समितिले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको हो।

 

प्रकाशित: Dec 16, 2024| 15:45 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्