काठमाडौं- देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बर्दिया, गुलरिया नगरपालिका-६ स्थित सडकमा रोकी राखेको म.१ त १०६२ नम्बरको ट्याक्टरमा बा.६८ प ७०३६ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा स्कुटर चालक सप्तरी रूपनी गाउँपालिका-१ घर भई गुलरिया नगरपालिका-६ बस्ने ३७ वर्षीय रामकुमार साह र सोही स्कुटरमा सवार उनकी छोरी ६ वर्षीया विद्या साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ मसिनेस्थित सडकमा बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक धादिङ धुनिबेसी नगरपालिका-७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ राताडाँडास्थित सडकमा बा.६१ प ४५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दर्घटना हुँदा चालक ठाटीकाँध गाउँपालिका-१ मटेला बस्ने ३२ वर्षीय मनोज कुमार भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
झापा, दमक नगरपालिका-१० सेतुमारी चोकस्थित सडकमा प्रदेश १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डसि अस्पताल विर्तामोड रिफर गरिएको छ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१० किराँत चोकस्थित सडकमा रोकी राखेको को.२ त ४१४५ नम्बरको ट्याक्टरमा मे.९ प ६२४ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा चालक मेची नगरपालिका-५ बस्ने ४२ वर्षीय सन्तोष कुमार लिम्बुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
दाङ, घोराही उपमहानगरपालिका-१५ कपासीस्थित सडकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.३ प ९३५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका-१४ छिवाङ बस्ने २१ वर्षीय मिन बहादुर वलीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी दाङ, लमही नगरपालिका-९ च्याँउ खोला नजिक सडकमा चन्द्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु.१ ज ४२९८ नम्बरको विङ्गर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा विङ्गरमा सवार कपिलबस्तु शिवराज नगरपालिका-३ बस्ने ४२ वर्षीया त्रीथी थारू र ६० वर्षीया फुलसी थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका विङ्गरमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।