बुधबार, माघ २१, २०८२

यस्तो बन्यो एनपिएलको प्लेअफ समीकरण

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण तय भएको छ। लिगको अन्तिम खेलमा आज सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समीकरण तय भएको हो।

National life

आजको खेल सुदूरपश्चिमले जिते पनि रनरेटका आधारमा कर्णाली प्लेअफमा पुगेको हो। लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो स्थानमा छ भने कर्णाली आठ अंकसहित चौथो स्थानमा छ। चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ।

आठ अंक नै जोडेको काठमाण्डु गुर्खाज भने रनरेटमा पछि परेर बाहिरिएको छ। 

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन्। तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा खेल्नेछन्।

बुधबार बिहान इलिमिनेटर र दिउँसो पहिलो क्वालिफायर हुनेछ। इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ। 

Laxmi sunrise bank

दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफाइर बिहीबार र फाइनल शनिबार हुनेछ।

प्रकाशित: Dec 16, 2024| 12:13 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्