मंगलबार, पुस १, २०८२

बसाइँसराइले रित्तिएको हिमालपारिको जाङ गाउँ

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित ‘हिमालपारि’ भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ। एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो। यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौँ, सुर्खेत, नेपालगन्जलगायत सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो।

National life

यो वर्ष जाङ गाउँमा कोही नभएको तील गाउँका वडा सदस्य तुन्डुप लामाले जानकारी दिए। कोरोनामा बन्द रहेको चीनसँगको हिल्सा नाका खुलेपछि कोही रोजगारीका लागि चीनको ताक्लाकोट पुगेका छन्।

बढीजसो जाङ गाउँका स्थानीय सिमकोटसहित जिल्लाबाहिर सुविधासम्पन्न सहरमा बसाइँसराइ गरेर गएको वडा सदस्य लामाले बताए। दुई वर्षयता गाउँपालिकाले यहाँका बिरामीको उपचारका लागि बाह्रै महिना लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी खटाएको थियो।

हल्जी र तील गाउँका लागि स्वास्थ्य सेवा बाह्रै महिना उपलब्ध गराएको लिमी स्वास्थ्य चौकीका अहेब लोग बोहराले बताए । जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द भइसकेको छ। बसाइँसराइ गरी गाउँ छाड्ने जाङ गाउँमा मात्रै नभएर तील र हल्जीमा पनि बढेको हल्जी गाउँका स्थानीय छिरिङ तुण्डुप लामाले बताए। यो वर्ष तील गाउँमा १५ घरधुरीको मात्रै बसोबास छ।

हिउँदमा कोही चिसो छल्न जिल्लाबाहिर गएर वर्षायाममा घर फर्किने गर्छन् । तर, विस्तारै हिउँदमा गाउँ छाडेर जानेहरू बर्सात् लागेपछि पनि फर्किन छाडेका छन्। यातायात, विद्युत्जस्ता भौतिक सुविधा र गुणस्तरीय स्वास्थ्य, शिक्षालगायत पहुँचको खोजी गर्दै लिमीका केही गाउँ विस्तारै रित्तिन थालेका हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 16, 2024| 10:01 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्