बुधबार, वैशाख २, २०८३

मधेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

जनकपुरधाम- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासले मधेश प्रदेशको विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये छ हजार चार सय ७२ उजुरी फर्छ्योट गरेको जनाएको छ।
सो कार्यालयबाट प्राप्त प्रतिवेदनका अनुसार सो कार्यालयमा आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा  मधेश प्रदेशको आठ जिल्लाबाट कुल आठ हजार पाँच सय २९ उजुरी दर्ता भएको थियो। जसमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो।

National life

प्राप्त प्रतिवेदनमा उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार चार सय २२ उजुरी परेकामा एक हजार ५६ उजुरी फर्छ्योट भएको थियो।

त्यसैगरी, दुई वर्षमा बाराबाट एक हजार दुई सय सात उजुरीमध्ये आठ सय ८७, सप्तरीबाट एक हजार एक सय ७० उजुरीमध्ये नौ सय ७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये सात सय ३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये आठ सय ३४ उजुरी फर्छ्योट भएको जानकारी दिइएको छ।

त्यस्तैगरी, पर्साबाट नौ सय ५६ उजुरीमध्ये छ सय ९१, सिरहाबाट आठ सय ८१ उजुरीमध्ये छ सय ८७ तथा सर्लाहीबाट आठ सय ३६ उजुरीमध्ये छ सय ४२ उजुरी फर्छ्योट भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

उपरोक्त उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सो कार्यालयले जनाएको छ। सो सम्बन्धित गत असोज महिनामा सो कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेश प्रदेशका  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आफ्नोे कार्यालयको वार्षिक प्रतिवेदनसमेत बुझाएको थियो।

kumari

प्रकाशित: Dec 15, 2024| 08:08 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्