बुधबार, जेठ २०, २०८३

एनपिएलमा लुम्बिनीविरुद्ध पोखरा १० विकेटले विजयी

 |  शुक्रबार, मंसिर २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ। जितसँगै एनपिएलमा पोखरा १० विकेटले विजयी हुने पहिलो टोली बनेको छ।

National life

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले आन्द्रेस गौस र दिनेश खरेलको कीर्तिमानी साझेदारीमा १६.५ ओभर खेल्दै १७६ रन बनायो। पोखराको यो पहिलो जित हो।

एनपिएलमा लुम्बिनीको भने यो दोस्रो पराजय हो। यसअघि लुम्बिनी विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो।

पोखराको जितमा आन्द्रे‍सले अविजित १०४ रन बनाए। उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गरे। उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने। 

त्यस्तै, दिनेश खरेलले अर्धशतकीय इनिङ्स खेले। उनले अविजित ६१ बनाउँदा ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

Shivam cement

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रन बनायो। लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए।
 

प्रकाशित: Dec 06, 2024| 16:49 शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्