सोमबार, वैशाख ८, २०८२

यी ३७ उम्मेदवार जसले एक भोट पनि पाएनन्

 |  बिहीबार, मंसिर २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

vianetvianet

काठमाडौं- यही मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ३७ जनाले शून्य मत पाएका छन्। यसको अर्थ उनीहरुले आफैंलाई पनि भोट हालेनन्।

triton college

निर्वाचन आयोगको विवरणअनुसार आफैंलाई भोट नहाल्ने र अरुले एक जनाले पनि नपत्याएका उम्मेदवार अधिकांश स्वतन्त्र हुन्। धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का ७ जना स्वतन्त्र उम्मेदवारले शून्य मत ल्याए। आफूले आफूलाई भोट नहाल्ने यी उम्मेदवार हुन्- विशेश्वर मण्डल, सञ्जयकुमार यादव, हुकुमा सिंह, रविकुमार मण्डल, नरेश सदा, विनोद मण्डल र रञ्जितकुमार यादव।

यसैगरी महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का ९ जना स्वतन्त्र उम्मेदवारको पनि शून्य मत आएको छ। यी उम्मेदवारमा रामऔचार यादव, विजयकुमार सिंह, मोहम्मद इमामुदिन खाँ, राकेशकुमार यादव, गंगाप्रसाद यादव, नजामुद्दिन खाँ, राजदेव यादव, मोहम्मद अरमान रजा खाँ र मुकेश्वर ठाकुर रहेका छन्।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ का स्वतन्त्र उम्मेदवार शेख अमानुलाल, शेख शकिल र सफदर ईमामले पनि शून्य मत ल्याएका छन्। रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ८ का स्वतन्त्र ७ जना उम्मेदवारको पनि एक मत पनि आएन। यसमा अनिलकुमार यादव, चन्द्रीकाप्रसाद यादव, रामसागरराय यादव, नारेन्द्र ठाकुर, रामविधार्थ जैयसवाल, रामविश्वासराय यादव र श्रीश्यामप्रसाद यादव रहेका छन्। रौतटहकै राजपुर नगरपालिका वडा नम्बर ६ का ३ जना स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले पनि आफूलाई मतदान गरेनन्। यसमा सफि उल्लाह, साहिदप्रवेज मंसुरी र शेखमहोमद मुस्ताक रहेका छन्।

बागमती प्रदेशमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका २ जना स्वतन्त्र उम्मेदवारलाई शून्य मत आएको छ। उनीहरु रमेश पुडासैनी र विक्रम चित्रकार हुन्।

National life insurance

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्षका उम्मेदवार अर्जुन घलान, लुम्बिनी प्रदेशमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार पोमानन्द खरेल र कुलबहादुर थापा तथा कपिलबस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार अब्दुल मुयीदमु, सर्वजीत मल्लाह, रमेशकुमार पाण्डे र पुजारी थारुले पनि आफुलाई मतदान नगरेपछि शून्य मत भएको छ।

उपचुनावमा १९ जना उम्मेदवारले एक मतमात्रै प्राप्त गरेका छन्।

प्रकाशित: Dec 05, 2024| 16:18 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्