बुधबार, जेठ २०, २०८३

एनपिएलमा सुदूरपश्चिमले काठमाडौंलाई हरायो

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१
National life
Shivam cement

एनपिएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। टियू क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो।

युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिमले लगातार दोस्रो जित हात पारेको हो। १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो। नरेन जारी एनपिएलमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बनेका छन्।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमाडौंविरुद्ध नै ५ विकेट लिएका थिए।

प्रकाशित: Dec 05, 2024| 16:07 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्