बुधबार, जेठ २०, २०८३

एनपिएलमा जनकपुरको लगातार तेस्रो जित

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकाल्दै जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको विजय हासिल गरेको छ।

National life

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो।

जनकपुरको जितमा लहिरु मिलान्थाले ४५ रन बनाए। उनले ३२ बलमा आठ चौका प्रहार गरे। ओपनर आसिफ सेखले ३४ बलमा तीन चौकासहित ३३ रन बनाए। जिम्मी निसमले २० बलमा अविजित ४० रन बनाए। उनले पाँच छक्का प्रहार गरे। निसमसँगै अविजित रहेका हर्ष थाकेरले १४ बलमा १३ रन बनाए।

जनकपुरविरुद्ध फितलो बनेको पोखराबाट बलिङमा विपीन खत्री, माइकल लियस्क र कुशल भुर्तेलले समान एक विकेट लिए। टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको थियो। प्रतियोगितामा पोखराको भने यो दोस्रो हार हो। पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो।

 

Shivam cement

प्रकाशित: Dec 05, 2024| 12:27 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्