बुधबार, जेठ २०, २०८३

लुम्बिनी लायन्सविरुद्ध विराटनगरको रोमाञ्चक जित

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई दुई विकेटले पराजित गरेको छ।

National life

लुम्बिनीले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउँदै विराटनगरले जित हासिल गरेको हो। विराटनगरले यो लक्ष्य १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ओभरमा ब्याटिङ गर्न आएका क्रिस सोलेले ४ बलमा १४ रनको विजयी इनिङ्स खेले। 

विराटनरलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो। क्रिसले लगातार तीन वटा बाउन्ड्री प्रहार गरेर विराटनगरलाई जिताएका हुन्।

विराटनगरका लागि लोकेश बमले ७१ रन प्रहार गरे। उनले ४७ बलमा तीन चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८ र क्रिस सोलले १४ रन प्रहार गरे। लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन, साद विन जाफर र रोमन सायमन्डसले दुई-दुई तथा विवेक यादवले एक विकेट लिए।

Shivam cement

सुरुमा ब्याटिङ गरेको लुम्बिनीले सात विकेटको क्षतिमा १९१ रन बनाएको थियो। लुम्बिनीका लागि रोहित पौडेलले ४०, टोम मोरिसले ३०, विवेक यादवले १९, अर्जुन साउँदले १७, आशुतोष गिरैया र साद विन जाफरले १५-१५ रन बनाए।

त्यस्तै, विराटनगरका लागि सन्दीप लामिछाने, इश्मात आलम र राजेश पुलामीले एक-एक विकेट लिए।

अब बिहीबार बिहान ९:१५ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्टस् तथा अपराह्न १:१५ बजे काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित: Dec 04, 2024| 16:29 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्