मंगलबार, भदौ ३१, २०८२

एनपिएलमा काठमान्डुले कर्णालीलाई हरायो

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रिमियर लिगमा आज काठमान्डु गुर्खाजले पहिलो जित हात पारेको छ। 

Kumaribank

सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बलअगावै ७ विकेट गुमाएर पूरा गर्‍यो।

काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए। उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए।

Metro Mart

भारतीय खेलाडी शिखर धवनले अर्धशतक बनाए पनि कर्णाली याक्सले हार टार्न सकेन। कर्णालीको यो लगातार दोस्रो हार हो। 

आज नै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Dec 04, 2024| 12:39 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्