मंगलबार, जेठ २०, २०८२

एनपिएलमा विराटनगरको दोस्रो हार, सुदूरपश्चिमको सानदार जित

 |  मंगलबार, मंसिर १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ। मंगलबार बिहान त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले विराटनगर रोयल्सलाई पराजित गरेको हो।

सुदूरपश्चिमको यो पहिलो जित हो भने विराटनगर लगातार दोस्रोपटक पराजित भएको हो। पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

आजको खेलमा सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो।

विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए। राजेश पुलामीले १५ रन बनाउनबाहेक अरूले दोहोरो अंकरमा रन बनाउन सकेनन्।

स्कट कुग्गेलैनले सर्वाधिक तीन विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित १८३ रनको विशाल स्कोर तयार गरेको थियो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको थियो। प्रतियोगिताको एकै इनिङ्समा हालसम्म बनेको यो नै सबैभन्दा धेरै रन हो। यसअघि तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले दुई विकेट गुमाउँदै १४२ रन बनाएको थियो।

National life insurance

इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबीच छैटौं विकेटको लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउन सफल भएको हो। दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५७ रन बनाए।

आज नै हुने दोस्रो खेलमा १:१५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Dec 03, 2024| 12:18 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्