शनिबार, पुस ५, २०८२

एनपिएलमा आज पनि दुई खेल

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (मंगलबार) दुई खेल हुँदैछन्।

National life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो। विराटनगरको भने आज दोस्रो खेल हो। विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो। 

यो खेल बिहान ९:१५ बजेदेखि सुरु हुनेछ। विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ। 

आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो। चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो।

पोखराको भने प्रतियोगिताको पहिलो खेल हो। यो खेल दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ। खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ। 

Laxmi sunrise bank
kumari

एनपिएलमा हिजो पनि दुई खेल भएका थिए। मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ। २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ।

प्रकाशित: Dec 03, 2024| 07:21 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्