बुधबार, चैत २०, २०८१

कोशी प्रदेश : भौतिक संरचना पुनःनिर्माण कार्यविधि स्वीकृत

 |  शुक्रबार, मंसिर १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

vianetvianet

विराटनगर- कोशी प्रदेश सरकारले गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण क्षति भएका भौतिक संरचना पुनःनिर्माण एवं मर्मतसम्भार सञ्चालन कार्यविधि, २०८१ लाई स्वीकृत गरेको छ।

triton college

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको रकम रकमान्तर प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए।

बैठकले खानेपानी तथा ऊर्जा मन्त्रालयमार्फत आएका सुक्खा राहत स्यालो ट्युबेल सिँचाइ विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ लाई स्वीकृत गर्नुका साथै उक्त योजनाको सम्झौतामा हस्ताक्षर गर्न सोही मन्त्रालयका सचिवलाई कार्यजिम्मेवारी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता राईले बताए।

यसैगरी, बैठकले प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत केचना-कञ्चनजंघा पर्यटन विकास समिति गठन, २०८१ सम्बन्धी आएको प्रस्तावलाई स्वीकृत गरेको प्रवक्ता राईले बताए। रासस

प्रकाशित: Nov 29, 2024| 17:31 शुक्रबार, मंसिर १४, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्