काठमाडौ- नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा १ हजार रुपैयाँ बढेको हो।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भएको छ। आइतबार १ हजार ९०५ रुपैयाँ कायम भएको थियो ।