आइतबार, असार २२, २०८२

वीरगञ्ज सुक्खा बन्दरगाहमा राजस्व संकलन २० करोड घट्यो

 |  आइतबार, मंसिर २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २, २०८१

vianetvianet

पर्सा- वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको बताए। चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व संकलन पनि घटेको उल्लेख गरे।

चालु आवको साउनमा तीन अर्ब ७५ करोड रूपैयाँ, भदौमा चार अर्ब ६४ करोड रूपैयाँ, असोजमा चार अर्ब ३६ करोड रूपैयाँ र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए।

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड चार लाख ५६ हजार रूपैयाँले राजस्व संकलनमा कमी आएको छ।   

प्रकाशित: Nov 17, 2024| 21:01 आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्