आइतबार, मंसिर २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यी हुन् सबैभन्दा ठूला १६ करदाता

 |  शनिबार, मंसिर १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १, २०८१

काठमाडौं- सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। गत आर्थिक वर्षमा  विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्।

triton college

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न धेरै कर तिर्ने करदातालाई सम्मानसमेत गर्ने गरिएको छ।

यी हुन् १६ विधामा धेरै कर तिर्ने करदाता

सबैभन्दा बढी आयकर तिर्ने निकाय: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)
एकलौटी फर्मतर्फ: सुर्ति ट्रेडर्स
सूचना प्रविधितर्फ: कोडावतार टेक प्रालि
निर्यात कारोबार: डाबर नेपाल प्रालि
कृषि एवम् पशुजन्य: पतञ्जली आयुर्वेद प्रालि
बैंक तथा वित्तीय संस्था: नबिल बैंक लिमिटेड
स्वास्थ तथा शिक्षा: लुम्बिनी मेडिकल कलेज
पर्यटन: तारागाउँ रिजेन्सी
वस्तु व्यापार: भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता: सिडियस एण्ड क्लियरिङ लिमिटेड
ऊर्जा: भोटेकोसी पावर कम्पनी
रेमिटेन्स: सिटी एक्सप्रेस
व्यक्तिगत आयकर: राजबहादुर शाह
भ्याट समयमा तिर्नेमध्ये: होङ्सी सिमेन्ट
५० करोडभन्दा धेरै कारोबार गर्नेमध्ये:  सोल्टी होटल
विशेष उद्योग: वरुण वेभरेज प्रालि
 

प्रकाशित: Nov 16, 2024| 20:23 शनिबार, मंसिर १, २०८१
प्रतिक्रिया दिनुहोस्