मंगलबार, असोज २०, २०८३

दार्चुला जीप दुर्घटनाः ८ जनाको मृत्यु, ५ घाइते

 |  शुक्रबार, कात्तिक ३०, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३०, २०८१

कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा ८  जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो । 

दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी   जीप चालक सुनिल जोशी घाइते भएका छन् । 

प्रकाशित: Nov 15, 2024| 11:49 शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्