मंगलबार, जेठ १९, २०८३

जीप दुर्घटनाका मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर

 |  शुक्रबार, कात्तिक ३०, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३०, २०८१
National life
Shivam cement

दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । 

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेको छैन।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । यात्रुहरु मालिकार्जुन जात्राबाट फर्किंदै थिए।

प्रकाशित: Nov 15, 2024| 09:47 शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्