बुधबार, चैत ११, २०८२

जाडो छल्न चितवन आइपुगे कम्बोडिया, चीन, साइवेरिया र रुसका चरा

 |  बिहीबार, कात्तिक २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २९, २०८१

चितवन- जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ। चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुसलगायतका देशबाट चराहरु यहाँ आएका हुन्।

National life

नेपाल पक्षीविद् संघ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन्। उनले भने, 'अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ। योसँगै चराहरु हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन्।'

चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँसलगायतका चराहरु आएको उनले बताए। नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए। यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उनको भनाइ छ।

संयोजक विडारीले भने, 'अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन्। गर्मी मौसम सुरु भएसँगै यी चराहरु फर्कने गर्छन्।'

Laxmi sunrise bank
kumari

तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए। अहिले हाँस प्रजातिका चराहरु आइसकेको जनाउँदै उनले अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताए। रासस

प्रकाशित: Nov 14, 2024| 18:31 बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्