सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आजदेखि नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

आजदेखि नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

 |  बिहीबार, कात्तिक २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं- नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ। 

National life

नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ। 

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।

प्रकाशित: Nov 14, 2024| 14:36 बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्