सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नारायणगढ-बुटवल सडक विस्तारमा प्रधानमन्त्रीको चासो, दिए ठेक्का तोड्ने चेतावनी

नारायणगढ-बुटवल सडक विस्तारमा प्रधानमन्त्रीको चासो, दिए ठेक्का तोड्ने चेतावनी

 |  बिहीबार, कात्तिक २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसहित आज भएको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन् ।

National life

उनले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुग्ने बताएका छन् । छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएको उनको सचिवालयले जनाएको छ । उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौं, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौं ।’

पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए। उनले निर्माणको जिम्मा पाएको कम्पनीलाई काम छिटो सक्न कडा निर्देशन दिनुपर्ने बताए।

चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो। हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ।

Laxmi sunrise bank
kumari

छलफलमा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराएका थिए ।

प्रकाशित: Nov 14, 2024| 13:54 बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्