मंगलबार, असोज २०, २०८३

मन्दिरको मूल ढोकामै मृत भेटिइन् देउती बज्यै मन्दिरकी पुजारी

 |  बिहीबार, कात्तिक २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २९, २०८१

सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन्। अन्दाजी ५० वर्षीया पुजारी सरस्वती राजी बुधबार बिहान मन्दिरको मूलढोकामै मृत फेला परेकी हुन्।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ बस्ने राजी बिहान ५ बजेतिर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उनी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्। सुर्खेतको प्रशिद्ध धानिर्मकस्थल देउतीबज्यै मन्दिर यहाँको राजी समुदायसँग जोडिएको छ।

प्रकाशित: Nov 14, 2024| 08:17 बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्