आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यस्तो हुनेछ शुक्रबार रातिसम्मको मौसम

 |  बुधबार, कात्तिक २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २८, २०८१

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

triton college

२०८१ कार्तिक २९ गते (बिहीबार)
दिउँसोː  कोशी प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ कार्तिक ३० गते (शुक्रबार)
दिउँसोː  कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
 
रातीː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

चेतावनी तथा परामर्श
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Metro Mart
vianet

- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा
 

प्रकाशित: Nov 13, 2024| 18:52 बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्