आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उपनिर्वाचनका लागि कर्णालीमा ४२ हजार मतदाता

 |  बुधबार, कात्तिक २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २८, २०८१

सुर्खेत- मंसिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदै छन्। निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिक विवरणअनुसार, उपनिर्वाचन हुन लागेका कर्णालीका ६ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार २७७ मतदाताले मतदान गर्ने छन्।

triton college

कर्णालीमा एक गाउँपालिका र नगरपालिकामा एक–एक अध्यक्ष, एक नगरपालिका र गाउँपालिकामा एक–एक उपप्रमुख र उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन हुँदै छ। 

अद्यावधिक विवरणअनुसार, अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको दैलेखको महाबु गाउँपालिकामा १२ हजार ६१४ जनाले निर्वाचनमा भाग लिँदै छन्। यस पालिकामा नौवटा निर्वाचन केन्द्र छन्।

यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ। त्यहाँ दुई हजार ७०६ मतदाता रहेका निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी मनोज थापाले जानकारी दिए।

यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार, नलगाड नगरपालिका उपप्रमुख पदका लागि हुने उपनिर्वाचनमा १६ हजार ४४९ जनाले मतदानमा भाग लिने छन्। जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार ३०२ जनाले मतदाताले भाग लिने छन्। 

Metro Mart
vianet

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको छ। त्यहाँ छ हजार ८१० मतदाता छन्। रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार ४३४ जनाले भाग लिने मतदाता अद्यावधिक विवरणमा जनाइएको छ। 

यस्तै, कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदको लागिसमेत निर्वाचन हुँदै छ। त्यहाँ ६०९ मतदाता रहेको कालीकोट जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षको निर्वाचनमा ३५३ जना मतदाताले मतदानमा भाग लिने छन्। 

विसं २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। रासस

प्रकाशित: Nov 13, 2024| 20:01 बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्