मंगलबार, जेठ १९, २०८३

सिभिल सहकारीका १६ सय पीडितले मागे सात अर्ब बचत

 |  बुधबार, कात्तिक २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६ सय पीडितले करिब सात अर्ब रूपैयाँ बचत माग गरेका छन्।

National life

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो। सोमबार एक हजार ६ सय पीडितले सात अर्ब रूपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए।

सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो। प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो।

सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो। समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन्। बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ।

सहकारीका अध्यक्ष इच्छाराज तामाङ अहिले पनि जेलमा छन्। तामाङले सहकारीबाट सात अर्ब रूपैयाँ ऋण लिएको कागजातबाट देखिएको अध्यक्ष अधिकारीले बताए। समितिले अनामनगरमा कार्यालय खोली गत असारदेखि काम सुरु गरेको छ।

Shivam cement

बागमती प्रदेश सरकारले यही कात्तिक ११ गते कीर्तिपुरको दर्शन सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ। रासस

प्रकाशित: Nov 13, 2024| 14:06 बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्