बिहीबार, पुस ३, २०८२

हुम्लामा अज्ञात रोगले मर्न थाले पशुचौपाया

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१

हुम्ला- अज्ञात रोगका कारण यहाँका गाउँगाउँमा पशु चौपाया मर्न थालेका छन्। केही दिनदेखि डाँडाफयाँ, थाया, जबुकालगायतका गाउँमा अज्ञात रोगले पशु चौपाया मर्न थालेका हुन्।

National life

डाँडाफया गाउँका स्थानीयवासी मन्दिर सिंहका अनुसार एक्कासि गाई, गोरुलगायतका पशुले घाँस खान छोड्ने, मुखबाट र्‍याल निकाल्ने र पिसाबबाट रगत बगेर मर्ने गरेका छन्। जुमा, झोपा, खसीमा पनि यो रोग देखा परेको छ।

पशुले र्‍याल काढ्ने, घाँस खान मन नपराउने, हिँड्न नसक्ने लक्षण देखिएको स्थानीयवासीको भनाइ छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले अज्ञात रोग लागेको जानकारी प्राप्त भएपछि औषधिसहित पशु प्राविधिक गाउँमा पठाइसकिएको र प्राविधिकले पशु चौपायको रोगबारे बुझिसकेपछि मात्र भन्न सकिने बताए। रासस

प्रकाशित: Nov 12, 2024| 20:01 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्