आइतबार, मंसिर २१, २०८२

साल्ट ट्रेडिङ धनुषाले बेच्यो १८ करोड ६२ लाखको नुन

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१

जनकपुरधाम- साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ६२ लाख ८१ हजार रूपैयाँ मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ।

National life

धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५  डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा पाँच करोड २३ लाख रूपैयाँ मूल्यबराबरको नुन बिक्री गरेको छ। सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो।

कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ।

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा पाँच हजार ६ सय प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार रूपैयाँ कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए।

Laxmi sunrise bank
kumari

सहुलियत दरका सो पसलबाट २४ रूपैयाँ प्रतिप्याकेट तथा सोझै डिलरमार्फत २६ रूपैयाँ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ। यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए। रासस

प्रकाशित: Nov 12, 2024| 19:01 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्