मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फाइनलको टिकटका लागि रातिदेखि नै लाइन, महानगरले तीन ठाउँमा ठूलो स्क्रिनमा देखाउने

साफ महिला च्याम्पियनसिप

फाइनलको टिकटका लागि रातिदेखि नै लाइन, महानगरले तीन ठाउँमा ठूलो स्क्रिनमा देखाउने

 |  बुधबार, कात्तिक १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १४, २०८१

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

Kumaribank

आज बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल-बंगलादेशबीच फाइनल खेल हुँदैछ। काठमाडौं महानगरपालिकाले उक्त खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

काठमाडौंको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरनमा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रसारण गराउन लागिएको हो।

दशरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ। अनलाइनबाट बिक्री गरिएको टिकट रोकेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले भौतिक रूपमै टिकट बिक्री गरेको थियो। टिकट किन्न बुधबार बिहानैदेखि मानिसहरू लाइनमा लागेका थिए। तर कतिपयले टिकट समेत पाउन सकेनन्।

भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो। ८० लाखमा टेन्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो। दशरथ रंगशालाको क्षमता १४ हजारको हो।

Metro Mart

फाइनलका लागि आज बिहान ३ बजेदेखि नै टिकट किन्न मानिसहरू लाइनमा बसेका थिए। टिकट काठमाडौंको भद्रकाली र ललितपुरको जावलाखेलबाट बिक्री भइरहेको छ। भद्रकालीमा टिकट सकिएपछि लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिएका थिए।
 

प्रकाशित: Oct 30, 2024| 13:00 बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्